दाङ, चैत १० । बाँके प्रहरीले तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । एक जना फरार रहेका छन् । चैत ९ गते नै प्रहरीले नेपालगञ्ज – १५ सुइया चोकबाट थप ब्राउन सुगर बरामद गरेको थियो ।
जमुना गाउँबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १२ प ५४६० नम्बरको मोटरसाइकल छोडेर चालक भागेका थिए । फरार ब्यक्तिको पहिचान खुलेको छैन ।
मोटरसाइकल चेकजाँच गर्दा दाहिने भागको अगाडिको साइड कबरमा लुकाइ राखेको अवस्थामा ११ ग्राम ९७० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो । फराल चालकको खोजी भइ रहेको प्रहरीले बताएको छ ।
त्यस्तै चैत ९ गते नै जानकी गाउँपालिका – ५ बुडियागाउँका ६६ बर्षीय रम्मन खान ठूलो परिमानमा लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका थिए ।
उनको साथबाट ३९ ग्राम ६० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ ।
उनी सवार भे ६ प ३३०७ नम्बरको मोटरसाइकलपनि प्रहरीले नियन्त्रणमा लिएको छ । खानको साथबाट ४२, ६५० नगदपनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
नेपालगञ्ज उपमहागनरपालिका – ४ सुर्जेगाउँ बाट नेपालगञ्ज – १८ कारकाँदोका ३६ का सञ्तोष बिष्ट र नेपालगञ्ज – ४ का ३४ का सागर नाउँलाई चैत ८ गते पक्राउ गरेको थियो ।
उनीहरु दुबै जनाको साथबाट १२ ग्राम ६९० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

