दाङ, चैत १० । दैलेखमा चट्याङ लागेर एक जना युवको मृत्यु भएको छ ।
जिल्लाको दुल्लु नगरपालिका – ६ का २१ बर्षीय गगनबहादुर खड्काको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार शनिबार बेलुकी साढे ५ बजेतिर घर नजिकै गोठमा भैंसी सार्ने क्रममा खड्कालाई चट्याङ लागेको थियो ।
टाउकोमा चट्याङ लागेपछि खड्का बेहोस भएका थिए । उनलाई साढे ६ बजेतिर दुल्लु अस्पताल पुर्याइएको थियो ।
केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
शब पोष्ट मार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार