दाङ, चैत १० । रोल्पामा चट्याङ लागेर एउटा भैंसी मरेको छ ।
जिल्लाको परिवर्तन गाउँपालिका – ४ सिरुवातीमा शनिबार बेलुकी ५ बजेतिर गमबहादुर वलीको गोठमा चट्याङ पर्दा पालेको एउटा भैंसी मरेको हो ।
इलाका प्रहरी कार्यालय पछाबाङबाट प्रहरी नायव निरीक्षक सुरेन्द्रकुमार चौधरीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो ।
चट्याङले ९१ हजार मूल्य बराबरको भैंसी मरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
