तुलसीपुर,चैत ८ । बिपद प्रतिकार्य र जलवायु परिबर्तन ब्यवस्थापनमा महिला मानव अधिकार रक्षक संजाल,महिलाहरूको नेतृत्वमा रहेका संस्थाहरु तथा सामुदायिक संस्थाहरुको महत्त्व उजागत गर्न सरकारी सरोकारवालासंग परामर्श बैठक सम्पन्न भएको छ ।
महिला पुर्न: स्थापना केन्द्र (ओरेक) दाङले शुक्रबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सरोकारवालाहरुसंग परामर्श बैठक सम्पन्न गरेको हो ।
त्यस कार्यक्रममा ओरेकका केन्द्रिय कार्यक्रम संयोजक अनुपमा पोख्रेलले मानबिय सकंटको अबस्थामा महिलाको आवाज र नेतृत्व बारे जानकारी गराएकी थिइन।
उनले मानबिय सहायताको क्षेत्रमा हाल
सेवा प्रदायकले अधिकारदेखी अबधारणाको सट्टा वितरणमुखी अबधारणामा जोड दिएको
बिपदको जोखिम न्यूनीकरण तथा ब्यवस्थापन क्षेत्रकाे सुचना,प्रबिधी र ज्ञानमा खादल,मानबिय सहायता कार्यमा महिलाको नेतृत्व नहुनु जस्ता थुप्रै चुनौतीहरु रहेको बताइन ।
ती समस्या समाधान गर्नका लागि नीति निर्माण तहमा महिला संघ संस्थाको प्रतिनिधित्वमा कमि,कानुन तथा नितिहरुको कमजोर कार्यान्वयनको अबस्था,पुर्ब तयारी नहुनु,राहत वितरणमा समानता नहुनु,बिपदको समयमा महिलाको स्वास्थ्य र महिला माथी हुने हिंसाको सवाललाई ध्यान नदिइनु जस्ता अबरोधहरु आइपर्ने गरेको बताइन ।
उनले डब्लुएचआरडिएस,डब्लुएलओएस र सिबिओएसको बिपद प्रतिकार्य र जलवायु अनुकुलनमा भुमिका स्पष्ट पार्ने,महिला समुहहरु र सामुदायिक संस्थाहरुबिच समन्वय मजबुत बनाउने मुख्य उदेश्यले पहिलो चरणमा सरकारी सरोकारवालाहरुसंग परामर्श बैठक गरिएको जानकारी दिइन ।
तुलसीपुर उपमहानगरपालिका बन बाताबरण तथा बिपद ब्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले
विपद्का समयमा महिलाका सवालमा गम्भीर बन्नुपर्ने र बिपद उद्धार, राहत तथा प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिइन ।
यसले समाजको समग्र पुन:निर्माण र सशक्तिकरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरिन ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका बिपद ब्यवस्थापन शाखाका संयोजक टाेप बहादुर डांगीले एन कानुनहरु प्राप्त मात्रामा बनेता पनि साधन श्रोतको अभाब रहेको बताए । तर उनले काेभिड पछि ठुलो आपतकालीन बिपद नपरेको र बिपद परेमा पुर्ब तयारीमा रहेको बताए ।
साथै उनले बिपदको बारेमा हरेक नागरिकलाई सचेत बनाउन ग्रासरुटसम्म बिपद प्रतिकार्यका कार्यहरू सन्चालन गर्नुपर्ने समेत बताए ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल दाङका अध्यक्ष अनिता पोख्रेल,तुलसीपुर १२ का अध्यक्ष खुसिराम चौधरी ,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठ,महिला अधिकारकर्मी सुस्मा गिरी,पद्वमा चौधरी ,सुशिला आचार्य,नगर युवा संजालका अध्यक्ष गणेश भण्डारी लगाएतले विपद्का समयमा महिला पहिलो प्राथमिकतामा ल्याउनुपर्ने बताए ।
यसको लागि समन्वय सहकार्य अन्त्य जरुरी बताए । उनीहरुले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा महिलालाई भूमिका दिनुपर्ने बताएका थिए ।
उक्त कार्यक्रमको सहजीकरण ओरेक दाङका कल्पना चौधरीले गरेकी थिइन ।