२०८२ बैशाख ७ गते शनिवार

कैलालीको जंगलमा डेढ सय जति बिदेशी नागरिक किन बसिरहेका हुन ?

दाङ, चैत ८ । कैलालीको जंगलमा स्थानीय प्रशासन संग कुनैपनि अनुमति नलिएर एक सय ५० जति बिदेशी नागरिक बसि रहेको खुलेको छ ।


त्यो थाहाँ पाएर प्रशासनले तत्काल त्यो ठाउँ छोड्न बिहीबार नै उर्दी जारी गरेको छ ।

केही नेपालीसहित करिब १६ जति बिभिन्न देशका नागरिकहरु घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा बसोबास गरि रहेको भन्ने सूचना पाएपछि बिहीबार मात्रै स्थानीय प्रहरी प्रशासन अनुगमनमा पुगेको थियो ।

अनुगमन पछि फर्किएका कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले उनीहरु पूर्व सूचना बिना नै आँफुखुसी जंगलमा बसेको पाइएको बताए ।

कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले घटनास्थलको निरीक्षण गर्दा उनीहरुका गतिबिधि र क्रियाकलाप अस्वभाविक देखिएको हुँदा २४ घण्टाभित्र त्यो जंगल छोडेर अनेत्र जान निर्देशन दिइएको बताए ।

चिन, भारत, अमेरिका लगाएत एक सय पचास जति देशका नागरिकहरु हप्ता दिन यता आँफुखुसी जंगलमा बसेर अश्वभाविक लाग्ने क्रियाकलाप गरेको पाइएको हुँदा उनीहरुलाई त्यो ठाउँ छोडेर जान भनिएको उनले बताए ।

जंगलको बीचमा त्यति धेरै संख्यामा उनीहरु दाउराको आगो बालेर बसेको हुँदा डडेलोको चुनौति देखिएको, उनीहरु मध्य कतिपय गाँजा खाएर लठ्ठीको अवस्था देखिएको तथा महिला पुरुष जस्ले जस्लाई जे मन लाग्यो त्यही हर्कत गरेको अवस्था रहेको, कतिपय महिलाहरु अर्धनग्न अवस्थामा फेला परेको प्रजिअ हमालले बताए ।

‘रेन्बो फेमली ग्यादरिङ भन्ने एउटा विश्व भरिको अनलाइन ग्रुप रहेछ उनीहरु नेटवर्क मार्फत संसारको बिभिन्न जंगलमा गइ बस्ने गरेको भन्ने खुलेको छ ,’ प्रजिअ हमालले भने ‘ आँफुलाई प्रकृति प्रेमी (नेचर्स लभर) भन्ने उनीहरु सिमली जंगलमा आइ बसेको हप्ता दिन जति भएको रहेछ ।’

प्रशासनले तीन दिन अगाडि मात्रै उनीहरुको बारेमा थाहाँ पाएको र आँफुहरु पुगेर निरीक्षण गरि तत्काल ठाउँ छोड्न निर्देशन दिएको प्रजिअ हमालले बताए ।

सम्बिन्धत समाचार चैत ४ गते स्थानीय पत्रिका ‘अनुमोदन दैनिक’मा ‘कैलालीको सिमली जंगलमा बिदेशी नागरिकको रहस्य मय जमघट’ शिर्षकमा प्रकाश मिश्रले समाचार प्रकासित गरेका थिए ।

त्यो खबर प्रकासित भएपछि घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा ‘सृजना होटेल’ का सञ्चालक ४० बर्षीय चेतबहादुर सिंह र घोडाघोडी –१ को ‘अजुवा क्याफे’का सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले सार्वजनिक स्थलमै हातपातको प्रयास गरेका थिए ।

पीडित पत्रकारले प्रहरीमा जाहेरी दिएका थिए । प्रजिअ हमालले पत्रकारको जाहेरीका कारण दुई जनालाई पक्राउ गरिएको बताए । उनले स्थानीय इलाका प्रहरी कार्यालय सुखडले उनीहरुलाई पक्राउ गरेको बताए ।

नेपाल पत्रकार महासंघ कैलालीले पनि पत्रकार मिश्रमाथि भएको हातपातको घटना बिरुद्ध विज्ञप्ति प्रकासित गरि दोषी माथि कानुनी कारबाहीको माग गरेको छ ।

कैलाली शाखाका अध्यक्ष श्रवन देउवाले प्रकासित समाचारको बिषमा कुनै असहमति वा चित्त नबुझे कानुनी उपचारको बाटोमा जानुको साटो पत्रकार माथि कुटपिट र हातपातमा उत्रनु गलत भएको भन्दै बिरोध गरे ।

महासंघको टोली अनुगमनको लागि शुक्रबार उनीहरु बसोबास गर्दै आएको जंगल –घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *