तुलसीपुर, चैत ७ । घोराहीमा पोखरीमा डुबेर एक जना महिलालको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका – १७ भैंसाहीकी ३९ बर्षीया सीता खनाल स्थानीय बिहीबार दिउँसो २ बजेतिर पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन ।
उनी आफन्तको घरमा गएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कबिराज रोकायाले मृत्युको कारण खुली नसकेको बताए ।
घटनाबारे अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।
शब पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । घोराहीमा मावन निर्मित पोखरीमा डुबेर बर्सेनी मानिसका मृत्यु भएको खबरहरु सार्वजनिक हुँदै आएका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार