तुलसीपुर , चैत ७ । संघीय स्वास्थ्य मन्त्री प्रदीप पौडेल दाङ आउने भएका छन् ।
नेपाली काँग्रेसले क्षेत्र नं. ३ (ख) ले शनिबार आयोजना गरेको प्रदेश सम्मेलनलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्री दाङ आउन लागेका हुन ।
नेपाली काँग्रेसले क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वलीका अनुसार प्रदेश सम्मेलन शान्तिनगर गाउँपालिकाको बैंशास्थित सभाहलमा आयोजना हुने छ ।
कार्यक्रममा जिल्लाका साथै केन्द्रीय नेता कार्यकर्ताको पनि उपस्थिति रहने प्रदेश सभापति वलीले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार