२०८२ कार्तिक २१ गते शुक्रवार

बर्सिंम घाँसको बिउ बेचर लाखौं भित्याउने गाउँ


घोराही, चैत ७ । घोराही उपमहानगरपालिका–६ गुरुवा गाउँका स्थानीयले बर्सिम घाँसको बिउ बेचेर बर्षेनी लाखौं भित्याउने गरेका छन् । स्थानीयले धान काटेपछि हिउँदमा बर्सिम घाँस लगाउने गर्छन ।

घाँसको बिउवाट बढी फाइदा हुन थालेपछि यहाँका स्थानीयले हिउँदे बालीहरु गहुँ, तोरी, मसुरो जस्ता बालीहरु लगाउन छोडेका छन् ।

गत बर्ष प्रतिकेजी दुई सयका दरले साढे सात क्वीन्टल घाँसको बिउ बिक्री गर्दा डेढ लाख बढी आम्दानी गरेका स्थानीय मिकसर चौधरीले यो बर्ष पनि एक विगाह बढी जग्गामा घाँस खेती गरेका छन् ।

उनले घाँसको ब्यबसायिक खेती सुरु गरेपछि एक दशक अघिदेखि हिउँदे वाली गहुँ, तोरी, मसुरो खेती गर्न छोडेको बताए ।
जग्गा खनजोत पनि गर्नु नपर्ने , मेहनत पनि कम पर्ने तर, फाइदा बढी हुन थालेपछि गहुँ, तोरी, मसुरो खेती छोडेको चौधरीले बताउँछन् ।

घाँसको खेती गर्दा अन्य हिउँदे वाली जस्तो मेहनत गर्नु नपर्ने घरमा पालेका बस्तु चौपायालाई पनि हरियो घाँस दिन सजिलो हुने हुँदा बिगत एक दशकदेखि घाँसको खेती गर्दै आएको उनले बताए ।

घरमा दुई वटा भैसीसँगै बाख्रा, बंगुरपालेका चौधरीको परिवारलाई उनीहकरुका लागि घाँस पुर्‍याउन सजिलो छ ।
धान काटेपछि त्यही ओसिलो जग्गामा घाँसको बिउ छरिदिए त्यो आँफै उम्रन्छ । गहुँ, तोरी वा मसुरोलाई जस्तो जोत्नु नपरेपछि घाँस खेती सजिलो हुने उनले अनुभव साटे ।


हिउँदे बाली भन्दा घाँस खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय मैनामती चौधरीको परिवारले पनि विगत दश बर्षयता बर्सिम घाँसको खेती गर्दै आएको छ ।


उनीहरुले यो बर्ष कट्ठा जग्गामा घाँसको खेती गरेका छन् ।
गहुँ, मसुरो, तोरी खेतीभन्दा घाँस खेती सजिलो हुनुका साथै आम्दानीपनि राम्रो भइ रहेको उनले बताइन ।

हरियो घाँस गाइ बस्तुलाई खुवाउने उनको परिवारले गत बर्ष करिब ५० हजारको घाँसको बिउ बिर्की गरेको थियो ।
उनको घरमा पनि गाइ भैंसी छन् । घाँसको खेती थाले पछि गाइबस्तु पाल्न सजिलो भएको उनले बताइन ।

स्थानीय शिवशक्ति घाँस बीउ उत्पादक संघले किसानले उत्पादन गरेको घाँसको बिउ खरिद गरि देश भर बिक्री गर्छ । संघकाका सचिव बिमल अधिकारीले घाँसबाट फाइदा हुदै गएपछि स्थानीयले हिउँदे बाली लगाउन छोडेको बताए ।

घोराही–६ को गुरुवागाउँ बर्सिम घाँसको पकेट क्षेत्रको रुपमा विकास भएको छ । गुरुगाउँका आसपापसका गाउँहरु वडा नं. ५ र ७ मा किसानहरु घाँस खेतीमा आकर्षित हुँदै गएका छन् ।

सचिव अधिकारीका अनुसार गुरुवा गाउँमा मात्रै करिव तीन सय परिवारले गर्दै आएको छ । कुल पाँच सय बढी हेक्टर क्षेत्रमा घाँस खेती हुँदै आएको छ । घाँसको बिउ कम्तिमा प्रतिकट्ठा ३० केजी फल्ने गरेको स्थानीयले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *