दंगीशरण चैत्र ६ । दंगीशरण गाउँपालिकामा भुमि समस्या समाधान आयोग अन्तर्गत पालिका स्तरीय सहजीकरण समिति गठन गरिएको छ ।
दंगीशरण गाउँपलिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा नेपाल सरकार भुमि समस्या समाधान आयोगका दाङ जिल्ला सदस्य हुकुम बस्नेतको उपस्थितिमा पालिकामा कृयाशिल राजनैतिकदल र सरोकारवालाहरुबिच सहजीकरण समिति गठन गरिएको भुमि समस्या समाधान आयोग दंगीशरणका फोकल पर्सन विनोद अधिकारीले जानकारी दिए ।
सरोकारवालाहरुको विचमा राखिएको अन्तर्कृया तथा छलफल कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले देशमा सरकार फेरबदल भइरहनाले आफुहरुले तोकेको समयमा पुर्जा वितरणमा ढिलाइ हुनेगरेको प्रति दुख ब्यक्त गरे ।
आफुहरुले ८० प्रतिशत काम सम्पन्न गरीसकेको र अब बाकि रहेको २० प्रतिशत प्राविधिक कामलाइ तिब्रतादिन २ वटा टोलि परीचालनगरी कामलाइ छिटोछरीतो सम्पन्नगर्न अगाडि बढ्ने सोचमा रहेको बताए ।
यस्तै भुमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले वडा अध्यक्षहरुले लगनशीलता र कृयाशिलताले मात्रै तोकेको समयमा भुमिहिन सुकुम्बासीलाइ भुमि प्रदान गर्न संभवहुने बताए ।
अब आयोगले अध्यादेश मार्फतनै आयोग परीवर्तन नहुनेगरी कामलाइ द्रुत गतीमा अगाडि बढाउने गरी लागेको बताए ।
गाउँपालिका अध्यक्ष सयोजक ,गाउँपालिका उपाध्यक्ष उप सयोजक र प्रमुख प्रशाशकिय अधिकृत सदस्य सचिव रहने गरी आयोगले निर्दिष्ट गरे बमोजिम समिती गठन गरिएको हो ।
दंगीशरण गाउँपालिकामा भुमिहिन दलित १६३ जना,भुमिहिन सुकुम्बासी १९५ जना,तथा अव्यवस्थित बसोवासी ३४४६ गरी जम्मा ३८०४ जना रहेको भुमि आयोग समाधान समितिका पालिका फोकल पर्सन बिनोद अधिकारीले जानकारी दिए ।