तुलसीपुर, चै ६ । देउखुरीकै राप्ती गाउँपालिका –२ लालमटियाको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा विनोदकुमार सोनीको पुरै प्यानल विजय भएको छ ।
उनी माओबादी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का हुन ।
सोनीलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैटौं) को समर्थन थियो । सोनी २१४ मत प्राप्त गरी निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार प्रकाश पुनले १५८ मत प्राप्त गरेका थिए ।
सचिव पदमा संयुक्त प्यानलका दीपक शर्मा १९३ मतसहित विजयी हुँदा नेबिसंघका उम्मेदवार भुवन भट्टराईले १६५ मत प्राप्त गरे । सचिवमा प्रकाश जेठारा ११५ मत प्राप्त गरेका थिए ।
त्यस्तै कोषाध्यक्षमा मन्दिप पोख्रेल १८९ मत प्राप्त गरि बिजयी हुँदा निमराज गौतम १५२ र नेविसंघका निसम पोख्रेलले १३४ मत प्राप्त गरे ।
सदस्य तर्फ संयुक्त प्यालकै अनिल चौधरी १८३, मणिप्रसाद पौडेल १८८ , भुपिन्द्र परियार १८६ , सौरभ पोख्रेल १८८ र रविना कँवुरले १८३ मत प्राप्त गरि निर्वाचित भएका छन ।