तुलसीपुर , चैत ५ । दूधरासका एक किशोर माथि मंगलबार दिउँसो तुलसीपुरमा खुकुरी प्रहार भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १८ का १८ बर्षीय बिनोद नेपाली माथि दिउँसो २ बजेतिर गोदम घर नजिकै खुकुरी प्रहार भएको हो ।
घटनास्थल इलाका प्रहरी कार्यालयदेखि पूर्व ठिक १०० मिटर जतिको दुरीमा पर्छ । नेपाली माथि दिउँसो २ बजेतिर खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार बाट नेपालीको ढाडमा गहिरो घाउ खत लागेको छ ।
घाइते बिनोदलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नसिंङहोम नेपालगञ्ज बाँकेका लागि रिफर गरिएको छ ।
प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार फेसबुक म्यासेन्जरमा भएको बिबाद र रिसिबीका कारण नेपाली माथि खुकुरी प्रहार भएको बताए ।
बिनोदलाई बिबाद मिलाई दिने भनेर भनेर तुलसीपुर बोलाइएको थियो । तुलसीपुर बजारमा बोलाए पछि पसलमा संगै बसेर नास्ता खान भनेर गएका बखत बिनोद माथि खुकुरी प्रहार भएको थियो ।
अर्का एक प्रहरी अधिकारीका अनुसार बिनोदमाथि तुलसीपुर – ५ का करण नेपाली र रोहित श्रेष्ठले खुकुरी प्रहार गरेको भन्ने खुलेको छ । उनीहरुको खोजीमा प्रहरी खटिएको छ ।