दाङ , चैत ५ । रोल्पाको जंगलमा बाँके नेपालगञ्जका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगञ्जका २२ बर्षीय उमेश बुढा मगर रोल्पा नगरपालिका – ९ हानवाङस्थित सालघारी सामुदायिक वनमा चैत ४ गते मृत फेला परेका हुन ।
रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृतक मगर करिब १० / १२ दिन पहिले भेटघाटका लागि भनेर रोल्पास्थित मामाको घरमा आएका थिए ।
युबकको शब सोमबार माडीचौरबाट–हाङबाङ जाने गोरेटो बाटोको दुई सय मिटर तल घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक शाहीले बताए ।
प्रहरीको अनुसन्धान बाट रोल्पाको जंगलमा मृत फेला परेका मगर नेपालगञ्जमा हजुरबुवा संग बस्ने गर्थे । प्रहरी निरीक्षक शाहीका अनुसार मगरकी श्रीमति रोजगारीको सिलशिलामा छिमेकी देश भारतमा रहेको भन्ने खुलेको छ । उनको बुवाको मृत्यु भइ सकेको र आमाले अर्कै संग बिहे गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।
भेटघाटका लागि रोल्पास्थित मामा घरमा आएका मगर माउली हजुर आमा संग बस्दै आएका थिए । चैत १ गते दिउँसो रोल्पाको सदरमुकाम लिवाङ बजारको मेलामा उनलाई स्थानीयले देखेका थिए । तर, त्यस यता भने उनी सम्पर्क बिहिन थिए ।
नातिको मृत्युको खबर पाएपछि नेपालगञ्जबाट मृतकका हजुर बुवा रोल्पा आइ पुग्दै छन् ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । पोष्टमार्टमका लागि शब जिल्ला अस्पताल रेउघा लगिएको छ ।