२०८२ असार ३० गते मङ्गलवार

घरको छतबाट खस्दा एक बालक गम्भीर घाइते

तुलसीपुर,चैत ५ । तुलसीपुर उपमहानगरपालिका-९, बेलुवामा एक बालक घरको छतबाट खस्दा गम्भीर घाइते भएका छन्।

साेमबार साँझ सल्यानकाे कपुरकोट गाउँपालिका-६, सिनबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा काेठा भाडामा बस्दै आएका लक्षमण खड्काका १० वर्षीय छाेरा जनक खड्का छतबाट खसेर घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता सूर्य राणाले जानकारी दिए ।

खेल्ने क्रममा घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते जनकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *