२०८२ बैशाख ७ गते शनिवार

काँग्रेसद्धारा आभार ब्यक्त


तुलसीपुुर , फागुन ४ । तुलसीपुरमा खानेपानीको निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न गराउन भूमिका खेल्ने सबै प्रति नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ले आभार ब्यक्त गरेको छ ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति तथा उम्मेदवार छनोट समितिका संयोजक जगतबहादुर खड्का, क्षेत्र नं. ३ (१) का सपभाति तथा छनोट समितिका सदस्य देबेन्द्र रिजाल, क्षेत्र नं. ३ (२) का सभापति तथा छनोट समितिका सदस्य खिमबहादुर वली, तुलसीपुर नगरसभापति तथा छनोट समितिका सदस्य सुरेश हमाल र प्रजातान्त्रिक उद्योगी ब्यबसायी संघका अध्यक्ष तथा छनोट समितिका सदस्य जनकप्रशाद खरालले सोमबार संयुक्त बिज्ञप्ति माफर्त सबैमा आभार तथा धन्यबाद ज्ञापन गरेका हुन ।


उनीहरुले निर्वाचित अध्यक्ष लगाएत सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सुखद कार्यकालको शुभकामना पनि दिएका छन् ।


तुलसीपुर उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चुन्न चैत २ गते निर्वाचन भएको थियो । त्यो निर्वाचन बाट नेपाली काँग्रेसले अघि सारेका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीसहित आठ जना निर्वाचित भएका थिए ।

एक जना भुवन भुसाल सचिव पदमा निर्वाचन भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *