दाङ, चैत ४ । बाँके कोहलपुरका दुई युवा ब्राउन सुगरसहित बर्दियामा पक्राउ परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका – १ का २० बर्षीय बिजयजंग शाही र कोहलपुर – २ का ३० का लोकबहादुर सोमै मगर चैत १ गते पक्राउ परेका हुन ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । उनीहरुको साथबाट पुडिया बनाइ लुकाइ छिपाइ राखेको अवस्थामा ४ ग्राम २३० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बर्दियाको बढैयाताल गाँउपालिका – ७ कर्णालीपुल नजिकैबाट दिउँसो साढे ४ बजेतिर उनीहरु फक्राउ गरिएको जानकारी दिए ।
भारतवाट नेपाल पैदल हिडेर आएका उनीहरु कर्णाली पुल निजकमा भने लु.प्र –०३–००१ प १७८२ नम्बरको मोटरसाइकल चढेका उनीहरुलाई आशंका गरि चेकजाँच र खान तलासी गर्ने क्रममा उनीहरुको साथबाट सो परिमानमा ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु माथि अदालतवाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।