२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुर खानेपानी निर्वाचन –३००० मत गन्दा काँग्रेसका यमकान्त भण्डारी एमालेका मनोज लामिछाने भन्दा ७१० मतले अगाडि

कोषाध्यक्षमा भोलाप्रशाद थापा निकटतम प्रतिष्पर्धी भन्दा दोब्बर मतान्तरले अघि

तुलसीपुर, चैत ३ । तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । तीन हजार मत गणना गरि सक्दा नेपाली काँग्रेसका सबै उम्मेदवारहरुले निरन्तर लिड गरि रहेका छन् ।


नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी तीन हजार मत गनेर सक्दा निकटतम प्रतिष्पर्धा भन्दा २६६ मतान्तरले अघि छन् ।


अध्यक्ष पदका उम्मेदवार मध्य काँग्रेसका भण्डारीले १३३२ मत प्राप्त गरि निरन्तर लिड गरि रहेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले १०६६ मत प्राप्त गरेका छन् ।

भण्डारी शर्मा भन्दा २६६ मतान्तरले अगाडि छन् । त्यस्तै अर्का नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले हालसम्म ६२२ मत प्राप्त गरेका छन् । भण्डारी लामिछाने भन्दा ७१० मतले अगाडि पुगेका छन् ।

खानेपानीको उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माले पनि निरन्तर मतान्तर बढाउँदै लगेका छन् । उपाध्यक्ष शर्माले १३५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसी ८८५ र माओबादी प्यानल बाट चुनाब लडेका दुर्गाप्रशाद भण्डारीले ५६९ मत प्राप्त गरेका छन् ।
काँग्रेसका शर्मा निकटतम प्रतिष्पर्धी राप्रपाका केसी भन्दा ४७० मतले अघि पुगेका छन् भने माओबादी प्यानका भण्डारी भन्दा ७८६ मतले अघि छन् ।

त्यस्तै सचिव पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता छ । काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले तीन हजार मत गन्दा ११७८मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सचिव पदका उम्मेदवार भुवन भुसालले १०८६ मत प्राप्त गरेका छन् भने सचिव पदका अर्का उम्ेमदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले ४७२ मत प्राप्त गरेका छन् ।

सचिव पदमा काँग्रेसका शर्मा एमालेका भुसाल भन्दा ९२ मतान्तरले र माओबादीका वली भन्दा ७०६ मतान्तरले अघि छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा पनि काँग्रेसकै भोला थापा विशाल मतान्तरले अगाडि बढी रहेका छन् । सुरुदेखि नै प्रतिष्पर्धी भन्दा अग्रता बढाउँदै लगेका थापाले हालसम्म सबै भन्दा बढी १४७८ मत प्राप्त गरेका छन् ।


सचिव पदमा एमालेकी सुशिला न्यौंपानेले ७६० र माओबादीका कर्णबहादुर वलीले ५३९ मत प्राप्त गरेका छन् । थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा ७१८ मतान्तरले अघि पुगेका छन् भने माओबादीका वली भन्दा ९३९ मतले अघि छन् ।

सदस्यहरु ३००० मत गणना हुँदा महिला सदस्य तर्फ पनि हालसम्म नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता कायमै राखेका छन् ।
लुमा बुढा मगरले ११५३, सुष्मा अधिकारीले १२१८ र शारदी सार्कीले ९६६ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्य तर्फपनि नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २७९ र बुद्धिराम चौधरी २५७ मत प्राप्त गरेका छन् ।


रातिदेखि मतगणना जारी छ । प्रतिष्पर्धात्मक रुपमा कम मत प्राप्त गरे पनि सार्की अन्य दलका निकटतम प्रतिष्पर्धी भन्दा २२२ मतान्तले अगाडि छिन् ।


त्यस्तै खुल्ला सदस्य तर्फ प्रमोद योगी (शरद)ले ११४४ र बुद्धिराम चौधरीले ९८४ मत प्राप्त गरेका छन् ।

योगी र चौधरी दुबै नेपाली काँग्रेसकै उम्मेदवार हुन । तुलनात्मक रुपमा केही कम मत प्राप्त गरेका चौधरीपनि अन्य दलका उम्मेदवार तथा निकटतम प्रतिष्पर्धी भन्दा २७६ मतले अघि छन् ।

शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ८२ मत खसेको थियो । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।
निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *