कपिलवस्तु, असार १५ । कपिलवस्तुको तौलिहवा स्थित जिल्ला मालपोत तथा भुमि सुधार कार्यालयमा आगलागी भउको छ । कार्यालयको माथिल्लो तल्लामा आइतवार विहान आगलागि भएको हो कार्यालय प्रमुखको कार्य कक्षमा विद्युत लाईन सर्ट भई आगलागी भएको हो ।
आगलागी बाट कार्यालय प्रमुखको कार्यकक्षको कम्प्युटर,प्रिन्टर मेसिन,फोटोकपि मेसिन,फर्निचर पुर्णरुपमा जलेर नष्ट भएको छ । त्यसवाट झन्डै साढे नौं लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको कार्यालय प्रमुख ऋषिराम पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार