२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुर खानेपानी निर्बाचन : ७ हजार १ सय ९८ मत खस्यो

तुलसीपुर,चैत २ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ९८ अर्थात ६५ दशमलव ९२ प्रतिशत मत खसेको छ ।

खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता रहेता पनि ७ हजार १ सय ९८ जनाले मात्रै मत दिएको निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालले जानकारी दिए । उनका अनुसार ३ हजार ६९६ जना महिला र ३ हजार ५ सय ४ जनाले मत खसालेका हुन् ।

शनिबार भएको निर्वाचनमा ३ हजार ७२१ जना मतदाताले भोट हाल्न नआएको निर्वाचन समिति संयोजक धितालले बताए। निर्वाचनमा ३४ दशमलव ०८ प्रतिशत मतदाता अनुपस्थित भएका छन् ।

निर्वाचन शान्तीपूर्ण तरीकाले सकिएको निर्वाचन समितिका संयोजक धितालले जानकारी दिए ।

तुलसीपुरको अरनिको मैदानमा बिहान ८ बजेदेखि मतदान शुरु भएको मतदान बेलुका साढे ६ बजेसम्म भएको हो । मतदानको समय बेलुका साढे ४ बजेसम्म निर्धारण गरिएकोमा गेट भित्र पसिसकेकाले साढे ६ बजेसम्म मतदान गरेका हुन् ।

संयोजक धितालका अनुसार मतदानको लागि १५ ओटा बुथ रहेका थिए । जसमा महिला र पुरुष गरेर एकै साथ ३० जनाले मतदान गर्न पाउने व्यवस्था मिलाइएको थियो ।

निर्वाचनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा विषेशगरी तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरुका उमेदवार प्रतिष्पर्धामा रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रसहित सात दलबाट सीताराम शर्मा चुनावी मैदानमा रहेका छन ।

यसैबिच शनिबार (आज) राति १० बजेपछि खानेपानी कार्यालयमै मत गणना शुरु हुने संयोजक धितालले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *