दाङ, चैत्र २ । बांकेको डुडुवा गाउँपालिकाको हिरमिनियास्थित जयन्दु बालसुधार गृह भित्रको स्थिति नियन्त्रण्मा लिन प्रहरी र सशस्त्र प्रहरी भित्र प्रबेश गरेको छ ।
यहाँ बसेका बालबन्दीले शनिबार आँफै आँफु बस्ने भवनमा आगो लगाएका थिए । आगो लगाए पछि उनीहरु छतमा बसेका थिए । आगो निभाउन गएको दमकल पनि उनीहरुले भित्र प्रबेश गर्न दिएका थिएनन् ।
उनीहरुले रेलिङ भत्काएर, ढुँगा र इट्टाहरुले घरको छतबाट प्रहरी माथि आक्रमण गरेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले आँफै माइकिङ गरि शान्त बस्न र केही समस्या भए राख्न आग्रह गर्दापनि बालबन्दीहरु शान्त भएका थिएनन् ।
बालबन्दीहरुको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइ रहेको बांकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।
बालबन्दीहरुको आक्रमणबाट तीन जना पत्रकार पनि सामान्ने घाइते भएको प्रजिअ जोशीले बताए ।
प्रहरी भवन भित्र प्रबेश गरि छतमा बसेका बालबन्दीहरुलाई सुरक्षि स्थानमा लैजाने क्रम जारी रहेको छ । प्रजिअ जोशीका अनुसार छतबाट जमिनमा ल्याइएका मध्य झन्डै १५ जना जति बालबन्दीहरुमा चोट पटक देखिएको हुँदा उपचारका लागि गाडीमा राखेर अस्पताल पुर्याइएको बताए । घाइते वा अस्पताल पुर्याउनु पर्ने बालबन्दीको संख्या बढ्न सक्ने उनले बताए ।
‘उहाँहरु छतबाट तल आउने क्रममा घाइते हुनु भएको हो वा आपसमा कुटाकुट गरि घाइते हुनु भएको हो, त्यसबारे अनुसन्धान हुन बाँकी छ,’ उनले भने ‘ प्रहरी अहिले भित्र प्रबेश गरि सकेको हुँदा लगभग तनाबग्रस्त स्थित नियन्त्रणमा आउँदै छ ।’
प्रजिश जोशीका अनुसार अब एउटा बन्द कोठामा भित्र बाट कोथा थुनेर बसेकाहरुलाई मात्रै निकाल्न बाँकी छ । त्यो कोठामा १५ जनासम्म बालबन्दीहरु बसेको अनुमान भइ रहेको उनले बताए ।
प्रजिअ जोशीका अनुसार दूई जना बालबन्दीहरु भागेको भन्ने रहेपनि कति जाने भागे भन्ने गणना गरि सकेपछि मात्रै तथ्य भन्न मिल्ने बताए । यो बालसुधार गृहमा कुल २५५ जना बस्दै आएका थिए ।
सुर्खेतबाट झन्डै हप्ता दिन अघि ल्याइएकाहरु माथि जयन्दु बालसुधार गृहमा बस्दै आएकाहरुले गएराति कुटपिट र आक्रमण गरेका थिए । त्यो आक्रमणबाट ६ जना गम्भीर घाइते भएको स्रोतले बतायो । उनीहरुलाई राति नै उद्धार गरि प्रहरीले अस्पताल पुर्याएको थियो ।
‘ गएराति कुटपिट भएका ५ जना घाइतेलाई बढी नै चोट पटक छ भन्ने छ ,’ प्रजिअ जोशीले भने ‘ यो तनाब शान्त भएपछि म घाइतेको अवस्था बुझ्न अस्पताल जाने छु ।’
शुक्रबार मध्य रातिमा सुर्खेतबाट त्यहाँ लगिएका बालबन्दीहरु माथि एकाएक कुटपिट र आक्रमणमा उत्रिएपछि लफडा सुरु भएको थियो ।
बालसुधार गृहमा हतियार बिनाका र साधा पोशाकका १२ जना प्रहरी मात्रै थिए । उनीहरु भित्र प्रबेश गर्न पाउने अधिकार नभएको हुँदा रातभर उनीहरुले केही गर्न सक्ने अवस्था थिएन ।
प्रहरी रातिमा पुगेपनि बालसुधार गृहमा प्रबेश गर्न सकेको थिएन । कुटपिट बाट घाइते भएका ६ जनालाई बालसुधार गृहका चौकीदारले गेटसम्म ल्याइदिएपछि प्रहरीले अस्पताल पुर्याएको थियो ।
यसअघि पनि यो बालसुधार गृहमा पटक पटक यस्तै झडप र तनाबहरु हुँदै आएको छ ।

