२०८२ बैशाख ७ गते शनिवार

एकै दिन एक सय ९८ मोटरसाइकल चालकमाथि कारबाही

तुलसीपुरमा मात्रै ८२ जना कारबाहीमा परे

दाङ, चैत २ । दाङमा एकै दिन एक सय १८ जना मोटरसाइकल चालक कारबाहीमा परेका छन् । तुलसीपुरमा मात्रै ८२ जना कारबाहीमा परे ।


एकै दिन १९ जनालाई प्रहरी नियन्त्रणमा लियो । ती मध्य १५ पुरुष र चार महिला थिए । मापसे गरेका तथा होहल्ला गरि समाजको शान्ति भंग गर्न प्रयास गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चैत १ गते होलीको दिन जिल्ला भर एक सय ९८ जना मोटरसाइकल चालक कारबाहीमा परेका हुन ।


मापसे गरि मोटरसाइकल चलाउने, हेलमेट नलगाइ मोटरसाइकल चलाउनेहरु देखि एउटै मोटरसाइकलमा दुई भन्दा बढी संख्यामा यात्रा गर्नेहरुलाई प्रहरीले कारबाही गरेको हो ।

जिल्लामा सबै भन्दा बढी इलाका प्रहरी कार्यालय तुलसीपुरले ८२ जना, जिल्ला प्रहरी कार्यालय दाङले ३२ जना, जिल्ला ट्राफिक कार्याययले २२ जना, वडा प्रहरी कार्यालय घोराहीले २५ जना, लमही क्षेत्रबाट २२ जना र भालुवाङ क्षेत्रबाट १९ जना गरि कुल एक सय ९८ जना मोटरसाइकल चालक कारबाही गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङले होली लक्षित सुरक्षा योजना बनाइन प्रहरी निरीक्षक रामकुमार केसीको कमाण्डमा प्रहरी परिचालन गरेको थियो ।

बजारका चोक, राजमार्गहरुमा दुर्घटना हुन नपाउस भनेर बिषेश गरि दुई पाङ्ग्रे सवारी चेकजाँच गरेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *