२०८२ असार २४ गते बुधवार

तुलसीपुररमा रिपोटर्स क्लबको होली मिलन – बिशिष्ट ब्यक्तिहरु रंगमा रमाए

तुलसीपुर, चैत १ । तुलसीपुरमा जिल्लाका बिशिष्ट ब्यक्तिहरु होलीमा रमाएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद सापकोटा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिपिल पोख्रेल लगाएका ब्यक्तिहरुले तुलसीपुरको होलीको उत्सब मनाएका छन् ।

आपसमा अबिर, टीका लगाएर अंकमाल गर्दै उनीहरुले आपसमा भाइचार बाँडेका थिए ।


रिपोटर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरको बिपी चोकमा आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता चौधरीले होली पर्वले एउटा रंगित दिन र सामाजिक एकताको सन्देश बोकेको हुँदा आपसमा भाइचारा स्थापित गर्न सहयोग पुग्ने बताए ।

यस्तै एकता र सदभावले मात्रै बिकासको बाटो पहिल्याउने भन्दै समाजको हित तथा बिकासमा साझा रुपमा प्रस्तुत हुनुपर्ने चौधरीले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले सबैको एकता र सहमतिबाट मात्रै सम्मुनत समाज निर्माणको परिकल्पना गर्न संभव हुने बताए ।

प्रमुख जिल्ला अधिकारी कुष्णप्रशाद लम्सालले समाजिक एकता र मिलनले समाजका साझा चुनौतीहरु समाधान गर्न सहज हुने बताए ।


नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिपिल पोख्रेलले समाजको बिभिद पक्षलाई सम्बोधन गर्न सक्ने सामथ्र्य बटुल्नका लागि सामाजिक पर्वहरुको महत्व रहने बताए ।


कार्यक्रमलाई डा. नहकुल केसी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुुदीप श्रेष्ठ, तुलसीपुरका बरिष्ठ बित्तीय अधिकृत तथा अडानका दाङ जिल्ला अध्यक्ष ललितकुमार घर्ती लगाएतले रंगको पर्व होलीको महत्व बारे धारणा राखेका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सञ्तोष सुबेदी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, पूर्व अध्यक्ष बिमल रिजाल लगाएका बिशिष्ट ब्यक्तिहरु होली खेल्दै आपसमा शुभकामना आदान प्रदान गर्दै रमाएका थिए ।

रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *