२०८२ बैशाख ७ गते शनिवार

घोराहीका माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु

दाङ, चैत १ । घोराहीमा करेन्ट लगाइ माछा मार्न गएका एक युवकको आँफैलाई करेन्ट लाग्दा मृत्यु भएको छ ।


घोराही उपमहानगरपालिका – ६ घर भइ घोराही – १३ डुमरगाउँमा बस्दै आएका ३२ बर्षीय गमन घर्ती मगरेको करेन्ट लागेर बिहीबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घर्ती अर्का एक जना स्थानीयसहित घोराही – ६ बबइ नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनी आँफैलाई करेन्ट लागेपछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


अचेत अवस्थाका घर्तीलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्‍याउन साथ चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।


घर्ती संगै माछा मार्न गएका घोराही – १३ डुमरगाउँका ५० बर्षीय बीरबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *