२०८२ कार्तिक २४ गते सोमवार

कालीकोटमा छुरा प्रहार गरि १७ बर्षे शाहीको हत्या, ६ जना पक्राउ

दाङ, फागुन २९ । कालिकोटमा छुरी प्रहार गरि एक जना किशोरको हत्या भएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको छुरा प्रहार बाट हत्या भएको हो । छुरा प्रहार बाट गएराति उनको घटनास्थलमै हत्या भएको थियो ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार खाँडाचक्र नगरपालिका –१० का हस्तबहादुर मल्लको नयाँ घर बनाएको हुँदा खुसियालीमा पूजा लगाइएको थियो ।

स्थानीय परम्परा अनुसार नयाँ घर सर्दा नाच गान गर्ने चलन छ । त्यही रमाइलो हेर्नका लागि बुधबार राति तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीसहितका किशोरहरु खाँडाचक्र नगरपालिका –१० मा पुगेका थिए ।

त्यही तिलागुफा – ७ र खाँडाचक्र नगरपालिका ९ का किशोरहरु बीच आपसमा झगडा पछि एक जनाले शाहीको पिठ्युमा छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रावतले बताए ।

छुरा प्रहार गर्ने मुख्य अभियुक्तलाई बिहीबार दिउँसो मात्रै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । त्यस पूर्व नै झगडामा संलग्न थप पाँच जना पक्राउ परेका थिए । पक्राउ परेकाहरु सबै नाबालक रहेको हुँदा प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *