दाङ, फागुन २९ । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ठाकुरबाबा नगरपालिका–२ बलातीका ६० बर्षीय बलिराम थारुको बुधबार मध्य रातिमा हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्ती मध्य राति घर नजिकै बारीमा प्रबेश गरेको देखेपछि थारु धपाउन भनेर एक्लै गएका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार त्यही क्रममा हात्तीको आक्रमणमा परि थारुको घटनास्थलमै मृत्यु भएको थियो ।
यो घटना बुधबार राति करिब पौने १२ बजेतिरको हो ।
आवश्यक प्रक्रिया पुरा गरि बिहीबार बिहान थारुको शब उठउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार