२०८२ असार २४ गते बुधवार

एमाले वडाध्यक्षले सार्वजनिक स्थलमै कुटे प्रअ

तुलसीपुर, फागुन २९ । नेकपा एमालेबाट निर्वाचित घोराही उपमहानगरपालिका – १४ का वडाध्यक्ष भानसिंह बुढाले बुधबार बेलुका स्थानीय शुभ प्रभात माध्यामिक बिद्यालयका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट गरेको आरोप लागेको छ ।
अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोबिन्द मल्ल, अखिल (क्रान्तिकारी) दाङका इञ्चार्ज सोमपाल कामी, अखिल (क्रान्तिकारी) दाङका संयोजक इन्दु वली, अखिल छैठौं (दाङ) का अध्यक्ष सेवक भट्टराईले संयुक्त बक्तब्य जारी गर्दै कुटपिट घटनाको निन्दा गरेका छन् ।


बिद्यालयका प्रअ बुढाका साथै नेकपा अखिल (क्रान्तिकारी) बहुमत निकटका केन्द्रीय समिति सदस्य तथा दाङ जिल्ला अध्यक्ष नरेन्द्र बिक, अर्का बिद्यार्थी नेता पवन विश्वकर्मा माथि छलफलका क्रममा एकाएक वडाध्यक्ष बुढासहितका ब्यक्तिहरुले कुटपिट गरेको भन्दै दोषी माथि कारबाहीको माग गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको गठन गर्न बसेको बैठकमा वडाध्यक्ष बुढाले प्रअ बुढामाथि हातपात गरेका थिए ।

प्रअ बुढाले वडाध्यक्ष बुढाले सुरुमा आँफुमाथि आक्रमण गरेको र त्यसपछि प्रेम बुढा, सुजन बुढा लगाएत दश बाह्र जनाले मुक्का र लात्ताले निर्घात कुटपिट गरेको बताए ।
‘ मलाई दश बाह्र जनाको सहुमले भूइमा ढालेर निर्घात कुटपिट गरेका हुन ,’ प्रअ बुढाले भने ।

वडाध्यक्ष बुढाले कोरम नपुगेपनि भनेका ब्यक्तिलाई विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बनाउनका लागि प्रअ बुढालाई बलजफती माइनुट लेख दबाव दिएका थिए ।

वडाध्यक्षको कुरा आँफुले नमानेपछि आबेगमा आइ आँफुमाथि कुटपिट भएको प्रअ बुढाले बताए ।
वडाध्यक्ष गर्ने बुढा र प्रअ बुढा दुबै एमाले निकट हुन ।

फागुन ४ गते यता विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिहिन छ । यसअघिका वडाध्यक्षको अवधि सकिएका कारण बिद्यालय नेतृत्व बिहिन बनेको हो ।

नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न बुधबार तेस्रो पटक भेला बोलाइएको थियो । बुधबारको भेलामा पनि कोरम पुगेको थिएन ।

वडाध्यक्ष वुढाले एमालेकै र उनैले भनेकै ब्यक्ति कोरम नपुगेपछि वडाध्यक्ष बनाउन दबाब दिन थालेपछि प्रअले माइनुट लेख्न नमानेपछि उनीमाथि कुटपिट भएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *