तुलसीपुर , फागुन २७ । घोराहीबाट साढे २९ केजी चरेशसहित रुकुम पूर्वका एकै ठाउँका तीन जना मानिस पक्राउ परेका छन् ।
रुकुम पूर्वको भूमे गाँउपालिका – २ खबाङका ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाँउका ५३ बर्षीय रुपधन घर्ती र ६४ बर्षीय जुनबहादुर पुन पक्राउ परेका हुन ।
पक्राउ परेका मध्य फर्कबहादुरले बोकेको आलुको बोरा भित्र १५ केजी १२३ ग्राम र रुपधनको साथवाट १४ केजी ५७२ ग्राम चरेश बरामद भएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले घोराही उपमहानगरपालिका – १३ बाह्रकुने दह क्षेत्रबाट उनीहरु पक्राउ परेको जानकारी दिए । पैदल हिडिरहेका उनीहरुले बोकेको आलुको बोरा भित्र खानतलासी गर्ने क्रममा ठूलो परिमानमा लुकाइ छिपाइ राखेको चरेश बरामद भएको डिएसपी शाहले बताए ।
शाहलाई आएको सुराकको आधारमा जिल्लाले प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा प्रहरी टोली खटाएको थियो । साथमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज बाँकेको टोली पनि थियो ।
टोलीले सोमबार उनीहरुलाई घोराही – होलेरी सडक खण्डमा पैदल हिडिरहेका उनीहरुलाई चेक जाँच गर्दा ठूलो परिमानमा चरेश बरामद गरेको थियो ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

