दाङ, फागुन २७ । रोल्पाका एक युवकको रुस र युक्रेनको युद्धकाका क्रममा मृत्यु भएको छ ।
जिल्लाको सुनछहरी गाउँपालिका – ५ जैमाकसलाका ४४ बर्षीय तिर्खबहादुर बुढाथोकीको रुस – युक्रेन युद्धमा मृत्यु भएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिर्खबहादुर नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएपनि पराजित भएका थिए । पराजित भएपछि उनी २०८० असोजमा रसिया सेनामा भर्ना हुन गएका थिए ।
मृत्युको खबर पछि परिवारले सोमबारदेखि काजकिरिया सुरु गरेको दाजु नाता पर्ने दुर्गा बुढाथोकीले जानकारी दिए ।
तिर्खबहादुरका एक छोरा र छोरी छन् ।
प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
