दाङ, फागुन २६ । रोल्पाको जंगलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लुङ्ग्री गाँउपालिका – ५ पुरानो बुझिङस्थित सुनथोक सामुदायिक वनमा ६४ बर्षीय जिते बिक सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन ।
शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघमा पठाइएको छ ।
मृतककी बहिनी जस्मता बिकले मृतक आफ्नो दाजु भएको पहिचान गरेकी थिइन । बहिनीका अनुसार उनका दाजु फागुन १९ गते घरबाट हिडेका थिए ।
भाइ नाता पर्ने जितबहादुर बिकले फागुन २१ गते दाजुको खोजीका लागि प्रहरी गुहारेका थिउ । प्रहरी चौकी किलाचौरमा भाइले निबेदन दिएका थिए ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार