२०८२ बैशाख ७ गते शनिवार

यमकान्त भण्डारी नेतृत्वको प्यानलका कुन उम्मेदवारले के – के चुनाब चिन्ह पाए ?

तुलसीपुर, फागुन २६ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उम्मेदवारहरुलाई सोमबार निर्वाचन समितिले चुनाब चिन्ह प्रदन गरेको छ ।


नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ‘घडी’ चुनाब चिन्ह पाएका छन् । भण्डारी नेतृत्वको टिमको उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रशाद शर्माले ‘भाले’ , सचिव पदका उम्मेदवार रञ्जनकुमार गौतमले ‘माछा’ र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाको भागमा ‘पुतली’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।


त्यस्तै भण्डारी नेतृत्वकै टिममा खुल्ला सदस्य तर्फ प्रमोदकुमार योगी (शरद) ले ‘चस्मा’ र बुद्धिराम चौधरीले ‘कार’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यहरु तर्फ लुमा बुढा मगरले ‘डमरु’ , सुष्मा अधिकारीले ‘चरा’ र शारदा सार्कीले ‘हात्ती’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।

निर्वाचन समितिका संयोजक प्रदीपककुमार धितालका अनुसार उम्मेदवारहरुले आँफै चुनाब चिन्ह रोजेका थिए । सोमबार बेलुका ४ बजेसम्म उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने समय सीमा रहेको छ ।

खानेपानी चुनाबमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिएका छने भने नेकपा माओबादी केन्द्रको छुट्टै टिमपनि चुनाबी मैदानमा छ ।

खानेपानीको नेतृत्व चुन्नका लागि चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदानको समय तोकिएको छ ।

त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न १० हजार ९ सय ७० जना उपभोक्ताले मताधिकार पाएका छन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *