२०८२ असार ३० गते मङ्गलवार

लैङ्गिक समानताको लागि सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य


दाङ,फागुन २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन ।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

‘प्रदेश सरकारको तर्फबाट लैङ्गिक समानता नीति, २०८० बनाएर कार्यान्वयनमा ल्याएका छौँ । महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ,’उनले भनेका छन ।

मुख्यमन्त्री आचार्यले आधारभूत तहसम्म लैङ्गिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पु¥याउनुपर्नेमा जोड दिए ।

‘जहाँ समस्या छ, त्यहाँ प्राथमिकता दिनुपर्छ । समाजमा अहिले पनि थुप्रै असमानताहरू छन् ।

ती असमानताहरू हटाउन नीतिको प्रभावकारी कार्यान्वयन नै आजको आवश्यकता हो’शुभकामना सन्देशमा भनिएको छ ।

नेपालमा यस वर्ष ‘सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।

मुख्यमन्त्री आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *