२०८२ कार्तिक २९ गते शनिवार

स्रोत नखुलेको ८० लाख ९० हजार रकमसहित ४ जना पक्राउ

दाङ, फागुन २३ । स्रोत नखुलेको झन्डै २९ लाख रकमसहित कपिलबस्तु प्रहरीले चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु अर्घाखाँची, कपिलबस्तु र रुपेन्देहीका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई बिहीबार दिउँसो कपिलबस्तुको एउटा फेन्सी पसलबाट नियन्त्रणमा लिएको थियो ।

कपिलबस्तुको प्रहरी प्रबक्ता डिएसपी मोहनमणि अधिकारीले अर्घाखाँचीको सन्धिखर्च नगरपालिका – ५ का ३० बर्षीय गोबिन्द बिक, कपिलबस्तुको मायादेबी गाउँपािलका – ८ का ३८ बर्षीय सोमनाथ कसौधन, कपिलबस्तुको कपिलबस्तु नगरपालिका – ११ का ४२ बर्षीय शेषमणि गिरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका – १६ का ४१ बर्षीय वशन्त खरेल पक्राउ परेका हुन ।

पक्राउ परेका मध्य बिकको साथवाट भारतिय रुपैयाँ ५०० का १८०० थान, कुल भारतिय रुपैयाँ नौं लाख, नेपाली रुपैंया १४ लाख र कसौधनको साथबाट नेपाली रुपैयाँ १००० का नोटहरु १२९४ थान, नेपाली रुपैयाँ ५०० का नोटहरु ३१२ थानसमेत गरि कुल १४ लाख ५० हजार बरामद भएको हो ।

अन्य दुई जना गिरी र खरेल उनीहरु संगै साथमा रहेको हुँदा यिन्त्रणमा लिइएको थियो ।

कपिलबस्तुको वाणगंगा नगरपालिका – ४ जितपुर ४ नम्बर चोकमा रहेको केसी फेन्सी स्टोरमा स्रोत नखुलेको भारतिय नोटको कारोबार हुँदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो उनीहरुलाई पक्राउ परेको थियो ।

बरामद भएको रकमसहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीका पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *