२०८२ कार्तिक २१ गते शुक्रवार

चोरीका गरगहना बेच्ने श्रीमान श्रीमतिसहित ४ जना पक्राउ

तुलसीपुर, फागुन २२। दाङमा चोरीका गरगहना बेच्ने श्रीमन –श्रीमतिसहित चार जना पक्राउ परेका छन् ।

स्थानीयको घरमा प्रबेश गरि सुनका गरगहना र नगद चोरी गरेको आरोपमा घोराही उपमहानगरपालिका – १ हर्नौकका २४ बर्षीय प्रदीप भनिने बिज्ञान घर्तीलाई पक्राउ गरेको थियो ।

बुधबार घोराही – १७ सिस्नेखोला सडकखण्डबाट पक्राउ परेका घर्तीले सोधपुछको क्रममा चोरीको घरबाट स्वीकार गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।


ती चोरीका सुनका गरगहना घर्तीले बेच्नका लागि घोराही – १५ काठेकोहलका ३२ बर्षीय बिक्रम चौधरी र उहाँकी २५ बर्षीया श्रीमति प्रतिक्षा केसी प्रयोग भएका थिए ।

चौधरी दम्पत्तिले घोराही – १५ भिमसेनटोलका सुनका गरगहना बनाउने कालीगढको काम गर्ने ४१ बर्षीय सदन सुनारलाई ती गरगहना बिक्री गरेका थिए । प्रहरीले चारै जनालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको हो ।


प्रहरीका अनुसार बिक्रम चौधरी र उहाकी श्रीमति प्रतिक्षा बस्ने घरको कोठाबाट दुई लाख २२ हजार ६ सय ६५ रुपैयाँका साथै पहँलो धातुको माइली तिलहरी बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सुनका गरहना किन्ने सदन सुनारको घरको कोठाबाट स्वरुप परिवर्तन गरिएको सुनको टप एक जोडा, सुनको औंठी एउटा, सुनको माइली तिलहरी एउटा बरामद गरेको डिएसपी शाहीले जानकारी दिएका छन् ।

घोराही उपमहानगरपालिका – १ हर्नौककी गीता पुन वलीको घरमा फागुन १५ गते चोरी भएको थियो । पीडितको निबेदनको आधारमा अनुसन्धान बाट स्थानीय प्रदीप भनिने बिज्ञान घर्तीलाई पक्राउ परेका थिए ।


पक्राउ परेका चारै जनालाई चोरी शिर्षकमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *