तुलसीपुर , फागुन २१ । तुलसीपुरबाट पक्राउ परेका ११ जुवाडेलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका – ९ स्थित रामनगर टोलका ३९ बर्षीय कमल बिक बगालेको घरमा छापा हानेर प्रहरीले बुधबार दिउँसो जुवाडे पक्राउ गरेको थियो ।
बुधबार इलाका प्रहरी कार्यालय तुलसीपुरले कमलको मात्रै नाम सार्वजनिक गरेको भएपनि बिहीबार जिल्ला प्रहरी कार्यालय घोराहीले सबैको नाम सार्वजनिक गरेको हो ।
जस्मा तुलसीपुर – ५ का २९ बर्षीय अमर रेउले, तुलसीपुर – का ४५ बर्षीय भक्तबहादुर वली, ३८ बर्षीय शरण श्रेष्ठ, ३० बर्षीय राजु राइनी, तुलसीपुर – १ का ३९ बर्षीय हिमाल खराल, तुलसीपुर – ९ का ३० बर्षीय आषिश चन्द, सोही ठाउँकै ३९ बर्षीय घर धनि कमल बिक बगाले , तुलसीपुर – १५ का ३४ बर्षीय सन्देश रेग्मी, सोही वडाका ४० बर्षीय बामदेब विष्ट, शान्तिनगर गाउँपालिका – ४ का ३३ बर्षीय अर्जुन शाही र सल्यान बागचौर नगरपालिका – १२ का ५४ बर्षीय भिमबहादुर वली रहेका छन् ।
जितहार हुने गरि दिउँसो जुवा हुँदै छ भन्ने सूचनाको आधारमा साँझ साढे ४ बजेतिर इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले बताएका छन् ।
जुवा खालवाट एक लाख १६ हजार आठ सय नगद बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छ्न ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

