२०८२ कार्तिक २१ गते शुक्रवार

अमेरिकाले बुधबार फिर्ता पठाएका ९ मध्य ३ जना दाङका

दाङ, फागुन २२ । बुधबार बिहान अमेरिकाले फिर्ता पठाएका (डिपोर्ट गरेका) नौं जना नेपाली मध्य तीन जना दाङका छन् ।
लुम्बिनी पद्रेश अन्तरगत तीन जिल्लाका मात्रै ६ जना छन् ।

अमेरिका द्धारा फर्काइएका मध्ये दाङका तीन, रूकुम पूर्वका दुई, रोल्पाका एक जना रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै रूकुम पश्चिमका दुई र डोटीका एक जना छन् । अमेरिकाले फिर्ता पठाएका मध्य ७ पुरूष र २ महिला छन् ।

दाङका तीन मध्ये एक जना २०२४ जनवरी २१ मा नेपालबाट निस्केका थिए। उनी अक्टोबर १५ मा त्यहाँ पुगे। अमेरिका पुग्दासम्म उनको ५० लाख रूपैयाँ खर्च भएको प्रहरी समक्ष बयान गरेका छन् ।

दाङकै अर्का व्यक्ति २०२४ अप्रिल २१ मा उडेर अगष्ट १९ मा अमेरिका पुगेका थिए। उनले ५२ लाख रूपैयाँ खर्च भएको प्रहरीलाई बताएका छन् ।

त्यस्तै दाङका तेस्रो व्यक्ति २०२४ मे ३० मा उडेर सेप्टेम्बर २५ मा पुगेको तथा ४५ लाख रूपैयाँ खर्च भएको बताएका छन् ।

फिर्ता पठाइएका ८ जना ग्रिफान एयरको चार्टरबाट बिहान काठमाडौं ल्याइएका थिए । एक जना व्यावसायिक उडानबाट आएका थिए ।
चार्टरमा फिर्ता पठाइएका ८ जनाालाई हातमा हतकडी र खुट्टामा नेल लगाएर पठाइएको थियो । काठमाडौं अवतरण भएपछि जहाजभित्रै हतकडी खोलिएको प्रहरी समक्ष बयान गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *