दाङ, फागुन १९ । प्यूठानमा तीन जना सवार मोटरसाइकलको ठक्कर दिदा एक जना पैदाल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको माण्डवी गाउँपालिका – ३ का ४२ वर्षीय रिमबहादुर खनाललाई रा २ प ७४० नम्बरको मोटरसाइकलले आइतबार बेलुकी ८ बजेतिर खनाललाई ठक्कर दिएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
भिँग्रीबाट चकचकेतर्फ जाँदै गरेको मोटरसाइकल माण्डवी – ३ का १८ वर्षीय अभिषेक कार्कीले हाँकेका थिए । कार्कीपनि गम्भीर घाइते छन् । प्यूठानको उपचार पछि कार्कीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
प्यूठान प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार माण्डबी – ३ का १८ वर्षीय सुमन पुन र माण्डबी – ५ चकचकेका १७ वर्षीय शिशिर थापा सामान्ने घाइते छन् । उनीहरुको हातखुट्टामा चोट पटक रहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार