२०८२ असार ३० गते मङ्गलवार

हत्या आरोपमा बाबु र छोरी पक्राउ

दाङ, फागुन १९ । पाल्पा प्रहरीले हत्या आरोपमा बाबु छोरीलाई पक्राउ गरेको छ ।

जिल्लाको बगनासपाली गाँउपालिका – २ पोखराथोकका बुवा ६३ बर्षीय शेरबहादुरु कुमाल र उनकी छोरी ४५ बर्षीया देबी कुमाल पक्राउ परेका हुन ।

फागुन १५ गते बेलुका साढे ७ बजेतिर बाबु छोरी मिलेर घरासयी बिबादमा क्रममा ३९ बर्षीय छोरा तथा भाइ यज्ञबहादुर कुमाल माथि निर्घात कुटपिट गरेका थिए ।

कुमाल अचानक बेहोस भएको भन्दै उपचारका लागि यज्ञकी श्रीमतिले मिसन अस्पताल पाल्पामा पु¥याएकी थिइन । तत्काल चिकित्सकले चेकजाँचका यज्ञलाई मृत घोषणा गरेका थिए ।


जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लका अनुसार घटना अनुसन्धानका क्रममा बाबु छोरी मिलेर कुटपिट गरि हत्या गरेको भन्ने खुलेको हुँदा घटना अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *