२०८२ मङ्सिर १ गते सोमवार

टरिगाँउ एयरपोर्टको जग्गा अधिग्रहण गर्न एक करोड बजेट बिनियोजन

तुलसीपुर, फागुन १९। झन्डै सात दशक पछि दाङको टरिगाउँ विमानस्थलको जग्गा अधिग्रहण गर्न भन्दै सरकारले एक करोड बजेट बिनियोजन गरेको छ ।


अब यस्ले टरिगाँउ एयरपोर्ट विस्तार हुने विश्वास पलाएको छ । एक करोड खर्चेरे नयाँ टावर निर्माण गरिएको थियो । त्यसको अघिल्लो बर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्यूलिङ टयाँकर ल्याइएको थियो ।

एयरपोटृको धावन मार्ग बिस्तार गर्ने आवश्य जग्गा अधिग्रहण गर्नका लागि एक करोड बजेट छुट्याएको छ ।
बिक्रम संबत २०१३ सालदेखि टरिगाँउ विमानस्थल सञ्चालनमा आएको थियो । जहाँ बर्षौंसम्म घाँसे मैदानमा विमान अवतरण हुँदै आएको थियो ।


पछिल्लो समय नेकपा माओबादीका लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाँउ विमानस्थलको धावन मार्ग जम्मा ७३० मिटरमा मात्रै कालो पत्रे गरिएको थियो । त्यसैले टरिगाँउ एयरपोर्टमा साना विमान मात्रै अवतरण गर्न सक्छन् । यो एयरपोर्टको धावन मार्ग विस्तारको माग उठ्दै आएको थियो ।


त्यही भएर यो पटक विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले एक करोडको बजेट बिनियोजन गरेको हो ।


फागुन १५ गते मन्त्रीस्तरिय निर्णय अनुसार जग्गा अधिग्रहणका लागि थप ९९ करोड रकम सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई पत्रचार पनि गरेको छ ।


टरिगाउँ एरपोर्टको बिस्तारको लागि जग्गा अधिग्रहण गर्न ५ अर्ब लाग्ने आँकलन गरिएको भएपनि १ अर्ब रकम भए पुग्ने अनुमान गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका –१२ स्थित टरिगाउँ विमानस्थलको धानवगन मार्ग विस्तार भएमा एटिआर विमान चढ्न नेपालगन्ज वा भैरहवा जानु पर्ने बाध्यता अन्त्य हुने थियो । दाङ लुम्बिनी प्रदेशको राजधानी केन्द्र भएपनि हालसम्म यहाँ एटिआर जहाँज अवतरण गर्न सक्ने अवस्था छैन ।

त्यही भएर यहाँ १९ सिटे साना विमान मात्रै अवतरण गर्न सक्छन् । जस्ले गर्दा यात्रुलाई भाडादर महंगो पर्ने गर्छ ।
ठूला विमान आए भाडादर सस्तो हुने र यात्रुको यात्रापनि सहज रुपमा गर्न पाउने आशा सर्वसाधारणको छ ।

पछिल्लो समय माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर खेउवा र पुष्पकमल दाहालपनि तुलसीपुर आउँदा टरिगाँउ एरपोर्टको विस्तार तथा तुलसीपुर – घोराही सडक खण्ड चार लेन बनाउने कुरा प्रमुख रुपमा उठाएका थिए ।


बर्षौंदेखि हरेक चुनाबमा उम्मेदवारहरुले आफ्नो प्रमुख चुनाबी नारा टरिगाँउ एरपोर्ट विस्तारलाई बनाउँदै आएको भएपनि भने अनुरुप काम भने हुन सकेको छैन । जस्ले गर्दा नेताहरुको आलोचना हुँदै आएको छ ।

दाङको एरपोर्टसहित जुम्ला विमानस्थलका लागि दश करोड बजेट बिनियोजन भएको छ भने थप ४० करोड स्रोत सुनिश्चिताको माग गरिएको छ । त्यस्तै सुर्खेत बिमानस्थलको जग्गा अधिग्रहणका लागि १० करोड बिनियोजन भएको छ भने थप ४ अर्ब ९० करोड बजेट सुनिश्चिताको माग भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *