तुलसीपुर,फागुन १८ । ‘हरियो वन, नेपालको धन’ भन्ने आह्वान व्यवहारमा सार्थक हुन नसकेको सहभागीहरुले बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरको प्रथम नगर परिषदमा सहभागीहरुले अहिलेको अवस्थामा बनको उपयोग र संरक्षण गर्ने उपभोक्ताहरुले विभिन्न कारणले त्यसको प्रयोग गर्न नपाएको बताए ।
त्यस्तै सहभागीहरुले सामुदायिक वन उपभोक्ता समितिलहरुले बन संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको समेत बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले सामुदायिक वन उपभोक्ता समितिले वातावरण संरक्षण देखि प्राकृतिक संरक्षणमा महत्वपूर्ण भुमिका खेलको बताए ।
उनले बनमा आधारित भई विभिन्न उद्यमसिताको विकास हुन सक्ने भन्दै त्यस तर्फ लाग्न आग्रह गरे । उनले उभोक्ता समितिले बन विनालाई जोगाई पानीको स्रोत संरक्षण देखि वातावरणीय अनुकुलता कायम राख्न सफल भएको बताए ।
उनले केहि कानुनि समस्याका कारण आफैले संरक्षण गरेको बन उपभोक्ताहरुले आवश्यक प्रर्दा उपभोग गर्न नपाएको उनले बताए ।
त्यस्तै सामुदायिक वनको अवधारणा आएपछि नाङ्गा र उजाड डाँडा अहिले हरियालीमय बनेको अवस्था रहेको उनको भनाई थियो ।उनले तुलसीपुरमा १०८ वडा सामुदायिक वन मध्य अहिले १० वटामात्र सुचिकृत भएको बताए ।
त्यस्तै फेकोफनका निवर्तमान केन्द्रिय उपाध्यक्ष दाङका निबर्तमान उपाध्यक्ष भिमप्रकाश खड्काले सामुदायिक वनले वातावरण संरक्षण देखि हरावरा गराएको भन्दै अहिले आफुहरुले संरक्षण गरेको वन आफैले उपभोग गर्न पाउने अवस्था नभएको बताए ।
उनले विभिन्न कानुनि जटिलताका कारण बर्षेनि करोडौको काठहरु कुहिने र आगो लागेर खरानिमा परिवर्तन हुने गरेको बताए । उनले जिल्लामा अहिले ५ सय २८ वटा सामुदायिक वन भएपनि सवै राम्रो संग सञ्चालन हुन नसकेको बताए ।
त्यस्तै लुम्बिनी प्रदेश योजना आयोगका निबर्तमान उपाध्यक्ष डा . नहकुल केसीले वनलाई उद्यमसिलता संग जोडन सकिने बताए । उनले करको प्रणालीलाई सुधार गर्नुपर्ने भन्दै यसरी बन समुहहरु टिकन नसक्ने बताए ।
त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहन्द्रबहादुर डाँगी,तुलसीपुर रेन्जपोष्ट महासंघका अध्यक्ष सुरेन्द्र बहादुर खडका,बरिष्ठ बन अधिकृत टेकन आचार्य जिल्ला फेकोफन दाङका सहसचिब भुप बहादुर केसीलगायतले सामुदायिक बनका उपभोक्ताले बिधान अनुसार सहज ढंगले काम गर्न पाउनुपर्ने भन्दै उपभोक्ताको अधिकारलाई राज्यलाई हतोत्साहित बनाउने काम गर्न नहुने बताएका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत हिरानन्द देबकोटा,बिजौरी सब डिभिजन बन कार्यालयका बरिष्ठ बन अधिकृत बिरजंग वली, स्थानीय सामुदायिक बन शान्तिनगरका अध्यक्ष भिम बहादुर खत्री, तुलसीपुर उपमहानगरपालिका बन बाताबरण तथा हरियाली प्रबद्र्धन शाखाका प्रमुख टोप बहादुर डाँगी, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष बिष्णु केसी नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतलगायतले बनलाई संरक्षण गर्न सामुदायिक बन समुहहरुले महत्वपूर्ण योगदान गरेको बताएका थिए ।
कार्यक्रममा बेस संस्थाका कार्यक्रम अधिकृत लक्ष्मण चौधरीले गुरस्तरिय विद्युतीय चुलो प्रबद्र्धन कार्यक्रमको बारे जानकारी गराएका थिए ।
संस्थाका उपाध्यक्ष जित बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरुले सामुदायिक वन उपभोक्ता समितिले तेहोरो कर तिर्न नसक्ने भन्दै यसको विरोध गरेका थिए ।
कार्यक्रममा प्रगती प्रतिबेदन सचिव रक्षा काफ्लेले गरेकि थिइन भने कोषाध्यक्ष रेखा रोकाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सहजिकरण सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ तुलसीपुरका सचिव रक्षा काफ्लेले गरेकी थिइन् ।