तुलसीपुर, फागुन १८ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसले चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि बिद्यार्थी संगठनहरुलाई सोमबार दर्ताका लागि आह्वान गरेको छ ।
स्ववियुको निर्वाचन कार्यतालिका प्रकाशन भए अनुसार बबईका निर्वाचन अधिकृत दीपक पौडेलले आइतबार सार्वजनिक सूचना मार्फत सोमबार बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म बिभिन्न दलका संगठनहरुलाई दर्ताका लागि आउन विद्यार्थी संगठनहरुलाई आह्वान गरेका हुन ।
दिउँसो तीन बजे भित्रै क्याम्पसमा उपस्थित नभए निर्वाचनका लागि दर्ता नहुने स्पष्ट पारिएको छ ।
निर्वाचनका लागि आफ्नो संगठनको दर्ता गर्न आउँदा सम्बन्धित संगठनले आधिकारिक लेटर प्याडमा एकाइ अध्यक्षको हस्ताक्षरसहितको निबेदन ल्याउन आग्रह गरिएको छ ।
यसअघि भएको स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठनका दुई प्यानल आपसमा भिडेका थिए ।
निर्वाचन सम्पन्न भइ केही मत मतगणना भइ सकेपछि आपसरी असमक्षदारिका कारण बीचमै स्थगित गरिएको मतगणा फेरि सुरु हुन सकेको थिएन । जस्ले गर्दा त्यो निर्वाचन अनिर्णित वन्न पुगेको थियो ।
राप्ती ववई क्याम्पसमा नेविसंघ निकट विद्यार्थी संगठनकै वर्चश्व रहेको मान्ने गरिन्छ । तर, गुटगट राजनीतिका कारण त्यसको प्रत्यक्ष प्रभाव स्ववियुको निर्वाचनमा पनि देखिएको थियो ।
केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय नेताहरु आफ्नो पक्षका उम्मेदवारको पक्षमा लबिङ गर्दै निर्वाचनको दिन क्याम्पस हातामै पुगेका थिए ।