२०८२ बैशाख ७ गते शनिवार

राम्रीमा मृत फेला परेकी सुर्खेतकी सीताका आफन्त तुलसीपुर आइ पुगे

थप अनुसन्धान जारी

तुलसीपुर, फागुन १८ । तुलसीपुरको राम्री भन्दा मुनीको भित्री सडक खण्डमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाका आफन्त तुलसीपुर आइ पुगेका छन् ।

मृतक सुर्खेतको लेखबेसी नगरपालिका – १० की ४० बर्षीया सीता पोख्रेलका आफन्त आइतबार इप्रका तुलसीपुरमा आइ जाहेरी दिएको प्रहरी निरीक्षक बिनोद खत्रीले जानकारी दिए ।


परिवारका सदस्यका अनुसार पोख्रेल फागुन १५ गते घर बाट हिडेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ । सीता श्रीमान संग सम्बन्ध बिच्छेद पछि घरमा एक्लै बस्दै आएकी थिइन ।
छोराहरु पनि छुट्टै बस्दै आएका थिए ।

मृतकका छोरा हेमराज पोख्रेलले राम्री क्षेत्रको भित्री सडक खण्डमा मृत अवस्थामा फेला परेकी सीताको पहिचान गरेका थिए । उनले फोनमा मृतक आफ्नी आमा रहेको बताएका थिए । छोरा हेमराज आइतबार तुलसीपुर आएका हुन ।


सीताको मृत्युको कारण अझैं खुली सकेको छैन । पोष्टमार्टम रिपोर्ट पछि मात्रै उनको मृत्युको कारण भन्न सहज हुने प्रहरीले बताएको छ ।


‘ मृतकको छोरा आएर आज जाहेरी दिनु भएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने ‘ शब पोष्टमार्टमका लागि अस्पतालमा छ र पोष्टमार्टम पछि मात्रै मृत्युको कारण भन्न सहज हुने छ ।’

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेकी महिलाको बाहिरी सरिर नियाल्दा कुनै घाउ वा चोट पटक देखिएको थिएन ।

तुलसीपुर उपमहानगरपालिका – ३ राम्रीको करिब तीन सय मिटर भित्री कच्ची सडक खण्डमा महिला लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले यसअघि मृतकको साथमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिड कार्ड फेला पारेको थियो । मेडिकल कलेजको कार्डमा सर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ उल्लेख थियो ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस : http://राम्री नजिकै मृत फेला परेकी सीता सुर्खेत लेखबेसी निवासी

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *