२०८२ असार ३० गते मङ्गलवार

होटेलमा खाना खाँदै गरेका युवकको गोली हानी हत्या

दाङ, फागुन १८ । बैतडीको दोगडाकेदार गाउँपालिका –८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको खाना खाँदै गरेका बेला गोली हानेर हत्या भएको छ ।


गाउँकै छिमेकी नाताले दाजु पर्ने ४५ वर्षीय कर्णबहादुर विष्टले शनिबार बेलुकी ८ बजेतिर सुरेन्द्रले खाना खाँदै गर्दा होटेलमा गइ गोली प्रहार गरेका थिए ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलदेब बडुका अनुसार जतिखेर सुरेन्द्रसहित चार जना साथीहरु संगै बसेर खाना खाइ रहेका थिए ।

त्यतिखेरै कर्णबहादुर घरबाट बन्दुक लगेर गइ सुरेन्द्रलाई पछाडि बाट ढाडमा गोली हानेर जंगल तर्फ भागेको प्रहरीले बताएको छ । फरार कर्णबहादुरको खोजीमा ब्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

हत्या गरिएका सुरेन्द्र पेशाले जिप चालक थिए । त्यसैले उनी घर भन्दा केही टाढा जिप पार्किङ गर्न मिल्ने, खाना खान मिल्ने तथा सुत्ने मिल्ने ठाउँमा रातिमा बास बस्ने गर्थे । त्यो सबै कुरा थाहाँ पाएका छिमेकी दाजु नाता पर्ने कर्णबहादुरले दिउँसो भएको झगडाका कारण घरबाट बन्दुक लगेर गइ सुरेन्द्रमाथि गोली प्रहार गरि भागेका थिए ।


प्रहरीका अनुसार हत्या गरिएका सुरेन्द्रले कर्णबहादुर संग दिएको सापटी पैंशा फिर्ता माग्ने क्रममा दिउँसो गाउँमै उनीहरुको बीचमा बिबाद र झगडा भएको थियो ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *