दाङ, फागुन १८ । बाँके प्रहरीले पाँच हजार ट्रामाडोल ट्याबलेटसहित तीन युवालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
बाँकेका प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले भारतको कलकत्ता घर भइ हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका – १० ट्राफिक चोक बस्ने ३८ बर्षीय जियाउल शेष, भारतको जागोर घर भइ नेपागन्जको ट्राफिक चोक बस्ने १८ बर्षीय सद्दाम सैयाद र नेपालगन्ज १६ का २४ बर्षीय नफिस अहमद कबडिया पक्राउ परेको जानकारी दिएका छन् ।
शनिबार इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
शंका लागेर नफिसले चलाएको यूपी ४० आर ७१४५ नम्बरको मोटरसाइकल नेपालगन्ज – १६ भन्सार चोकमा चेकजाँच गर्ने क्रममा पाँच हजार ट्याबलेट लागु औषध ट्रामाडोल बरामद भएको थियो ।
प्रहरीका अनुसार ती तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।
प्रबक्ता पातलीले पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइ रहेको जानकारी दिएका छन् ।

