२०८२ कार्तिक २९ गते शनिवार

जहाँ बेहुली लिन जाने दिनमै बेहुलाको अन्तेष्टि गर्नु पर्यो

दाङ, फागुन १८ । बाँकेको राप्तीसोनारी गाउँपालिका –७ वसन्तापुरका स्थानीय २३ बर्षीय अर्जुन पासीको लागि शनिबार बेहुली लिन भारतको उत्तर प्रदेश जागर गाउँमा जन्ति जाने अन्तिम तयारी गरिएको थियो ।

जन्ति जाने अन्तिम तयारी भइरहेको दिन जन्तिहरु नै बेहुलाको अन्तेष्टिको लागि मलामी जानु परेको छ ।


परिवारका जेठा छोरा अर्जुनको बिहेको निम्तो नाता, गोता स्ष्टमित्र सबैमा भइ सकेर आफन्तपनि आइ सकेका थिए ।
बेहुली भित्र्रयाउने घर ध्वजा पताकाले सजिसजाउ हुने नै भयो । घरमा आएका पाहुना नाचगान र रमाइलोमा थिए ।

कतिपय गाँउभरका मानिस रत्यौलीको तयारीमा थिए । तर, दुभाग्र्य, अघिल्लो दिन बिवाहको लागि भनेर एक जना ब्यक्ति कहाँ पैंशा लिन गएका अर्जुन घर फर्किएन पाएनन् ।


राप्ती सोनारी – ७ नम्बर वडाकै एक जना ब्यक्तिबाट पाउनु पर्ने १७ हजार जति पैंशा लिन भनेर गएका अर्जुन दुर्घटनामा परे । उनी सवार मोटरसाइकललाई बेलुकी ७ बजेतिर घर तर्फ फर्किदै गर्दा ट्रयाक्टरले ठक्कर दिएको थियो । त्यसपछि उनी सदाको लागि अस्ताए ।

दुर्घटना पछि नजिकको फत्तेपुर प्रहरी चौकीका प्रमुख असइ लोकबहादुर बोहोरा नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेर गम्भीर अवस्थाका घाइते अर्जुनलाई उद्धार गरि भेरी अस्पताल नेपागन्जमा पठाएको थियो । त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले अर्जुनलाई बेलुकी साढे ८ बजेतिर मृत घोषणा गरेका थिए ।


ठक्कर दिने ट्रयाक्टरका चालक फरार रहेको हुँदा खोजी भइ रहेको प्रहरीले बताएको छ ।
यसरी जन्ति जानुपर्ने दिनमा बेहुलाको अन्तेष्टि गर्नु पर्दा घर परिवार आफन्त र सिंगो बशन्तापुर गाँउ शोकमा डुबेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका बेहुला अजुर्नको शनिबार बेलुका स्थानीय राप्ती नदी घाटमा खाडल खनेर जातिय परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *