२०८२ असार ३१ गते बुधवार

तुलसीपुर महोत्सव आजै बेलुका ७ बजेपछि समापन गर्न प्रशासनको निर्देशन

तुलसीपुर , फागुन १७ । जिल्ला प्रशासन कार्यालयले तुलसीपुरमा जारी महोत्सव शनिबार बेलुका ७ बजे नै समापन गर्न आयोजकलाई पत्राचार गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले मेला आयोजक संस्था चेम्बरअफ कमर्षको नाममा पत्राचार गर्दै शनिबार बेलुका ७ बजेसम्म मेला समापन गर्न निर्देशन दिएका छन् ।

स्थानीय प्रशासनले मेला आयोजकलाई माघ २९ गतेको पत्र अनुसार फागुन १ गतेदेखि १६ गतेसम्म मात्रै ‘ कृषी पर्यटन तथा ब्यापार प्रबद्र्धनका लागि तुलसीपुर महोत्सव २०८१’ सञ्चालनको अनुमति प्रदान गरिएको स्मरण गराएको छ ।


तर, त्यो भन्दा एक दिन बढी फागुन १७ गतेसम्म पनि मेला सञ्चालन भइ रहेको भन्ने सुरक्षा निकायबाट जानकारी आएको हुँदा साबिकको सर्तहरु पालना गरि शनिबार बेलुका ७ बजे नै मेला समापन गर्न ताकेका गरिएको छ ।


तुलसीपुर उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय दाङलाई बोदार्थ गरिएको पत्राचारमा त्यसको लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन तथा आदेश पालना भए नभएको अवगत गराउन पनि भनिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *