तुलसीपुर , फागुन १७ । तुलसीपुरमा मृत अवस्थामा शनिबार बिहान फेला परेकी महिलाको दिउँसोसम्म पनि पहिचान हुन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिका – ३ राम्रीको भित्री सडक खण्डमा एक महिला लडेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक बिनोद खत्रीका अनुसार मृतकको साथमा मेडिकल कलेजको कार्ड र बैंकको डेबिड कार्ड फेला परेको छ । मेडिकल कलेजको पर्चामा सर्खेतको वीरेन्द्रनगर नगरपालिका –१२ उल्लेख छ । नाम सीतादेबी पोख्रेल लेखिएको छ ।
सोही अनुरुप प्रहरीले बिहानदेखि दिनभर सुर्खेतमा बुझ्ने प्रयास गरेको थियो । प्रहरी निरीक्षक खत्रीका अनुसार लगभग दिनभरको मृतकको पहिचान गर्ने प्रयास सफल भएन । त्यही भएर प्रहरीले शब पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याउने निर्णय गरेको छ ।
घटनास्थलको मुचुल्का तयार पारी प्रहरीले शब अस्पताल ल्याउन थालेको बताएको छ । आतइबार कार्यालय खुलेपछि मृतकको साथमा फेला परेको नाम र ठेगाना बारे फरि अनुसन्धान हुने तथा पहिचानको प्रयास हुने प्रहरीले जानकारी दिएको छ ।
महिलाको मृत्युको कारणपनि खुली नसकेको प्रहरीले बताएको छ । बाहिर बाट नियाल्दा मृतकको शरिरमा देखिने गरि कुनै घाउ वा खत फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।
पोष्टमार्टम पछि मात्रै ती महिलाको मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।
महिला मृत अवस्थामा फेला परेको घटना बारे अनुसन्धानहरु जारी रहेको प्रहरीले जानकारी दिएको छ ।