दाङ, फागुन १६ । अटो रिक्साले मोटरसाइकललाई ठक्कर दिदा भएको दुर्घटनामा परि बर्दियाका एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका बर्दियाको ठाकुरबाट नगरपालिका – ३ बनकट्टीका ६० बर्षीय दरबारिया थारुको मृत्यु भएको हो । नगर अस्पतला भुरीगाउँमा पु¥याए लगतै चिकित्सकले उनलाई बेलुकी पौने ८ बजेतिर मृत घोषणा गरेका थिए । थारु मोटरसाइकलको पछाडि सवार थिए ।
त्यो दुर्घटनामा परि मोटरसाइकल चालक ६० बर्षीय माक्कुराम थारु गम्भीर घाइते भएका छन् । भुरीगाउँमा उपचार संभव नभएपछि चालक थारुलाई थप उपचारका लागि बाँकेको नेपालगन्जस्थित नरसिंहहोममा रिफर गरिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता ऋषिराम घर्ती मगरका अनुसार ठाकुर बाबा – २ का ४७ बर्षीय धनिराम थारुले चलाएको भे १ स ८५३२ नम्बरको अटोले थारु द्धय सवार भे १२ प ११०८ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको खुलेको थियो ।
ठाकुकर बाबा – ३ भुरीगाउँको बगनाहाबाट बनकट्टी तर्फ जाँदै गरेको मोटरसाइकलाई अटोले ठक्कर दिएपछि अनियन्त्रित भइ मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा राति १० बजे पछि मात्रै अटोले मोटरसाइकललाई ठक्कर दिएको खुलेको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

