दाङ, फागुन १६ । बर्दियाबाट सात जुवाडे पक्राउ परेका छन् ।
उनीहरुको साथवाट एक लाख ८४ हजार रकम प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका – ५ का ३९ बर्षीय रामबहादुर बुढाथोकी, ३५ बर्षीय लक्ष्मीप्रशाद पौडेल, ४८ बर्षीय दयाराम लम्साल, ५२ बर्षीय शिवबहादुर सुनार, ३४ बर्षीय जिवन पौडेल, १९ बर्षीय दिपक सुनार र बढैयाताल गाउँपालिका – ६ रानीपुरका ४१ बर्षीय बिष्णुराज पौडेल रहेका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी ऋषिराम घर्ती मगरले पक्राउ परेकाहरु माथि थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भइ सकेको छ ।
जिल्ला प्रशासन कार्यालयले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो ।
जिल्लाको बाँसगढी नगरपालिका – ५ बाँसगढी बजारको मुनलाइट होटेलबाट उनीहरु पक्राउ परेका हुन ।
उक्त होटेलमा नगद जितहार हुने गरि जुवा भइ रहेको भन्ने बिषेश सुराकको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले १४ गते राति उनीहरुलाई पक्राउ गरेको थियो ।