दाङ, फागुन १५ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका – १२ बेलासपुरमा पिकअप गाडी अनियन्त्रित भई घरभित्र पस्दा ६ वर्षीय दृश्यसिंह बुढाथोकीको मृत्यु भएको छ ।
थप ३ जना घाइते भएका छन् । घाइतेहरुको नर्सिङहोममा उपचार चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकका अनुसार फागुन १३ गते भे १ च ३८१५ नम्बरको गाडी ब्याक गर्ने क्रममा घरभित्र पसेको थियो । त्यसबाट आँगनमा खेलिरहेका बालकको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त गाडी बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान डेलिभरीका लागि पुगेको थियो । सामान लोड गरेर फर्किने क्रममा गाडी ब्याक गर्ने क्रममा घर भित्र पसेको थियो ।
नजिकका एक परिवारले कोठा सार्नका लागि गाडीलाई बोलाएको थियो ।
सोही गाडी ब्याक गर्ने क्रममा घर भित्र पसेको थियो । त्यो गाडीको ठक्करबाट ४३ वर्षीय संजय सिलवाल, ८ वर्षीय सन्जिव सिलवाल र ११ वर्षीया सृष्टि गौतम घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु सबैको नरसिंहहोममा उपचार भइ रहेको छ ।गाडी चालक प्रहरी नियन्त्रणमा छन् ।
