तुलसीपुर , फागुन १५ । तुलसीपुर उपमहानगरको सरसफाइ शाखामा कार्यरत एक जना कर्मचारीको मोटरसाइकल दुर्घटनामाप परि मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय कबिराम चौधरीको उपचारका क्रममा बाँकेको नेपालगञ्जस्थित नरसिंहहोममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार बिहीबार बिहान २ बजेतिर उनको मृत्यु भएको बताए । मृतक चौधरी मोटरसाइकलको पछाडि सवार थिए ।
तुलसीपुर – ६ का वडाध्यक्ष दुजमान भण्डारीका अनुसार चौधरी उपमहानगरको सरसफाई शाखामा कार्यरत कर्मचारी रहेको जानकारी दिएका छन् ।
मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – ८ का ४८ बर्षीय लक्ष्मिप्रशाद थारुको पनि नेपालगञ्जको नरसिंहहोममा उपचार जारी रहेको छ ।
तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको थारुले हाँकेको रा ४ प ४४१० नम्रबरको मोटरसाइकल बेलुकी सवा ७ बजेतिर तुलसीपुर – ८ चमिखोलमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।
दुर्घटनाका घाइते दुबै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि दुबैलाई बाँके रिफर गरिएको थियो ।