२०८२ कार्तिक २२ गते शनिवार

तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जना गम्भीर घाइते

तुलसीपुर , फागुन १५ । तुलसीपुरमा बुधबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि चालक तुलसीपुर उपमहानगरपालिका – ८ का ४८ बर्षीय लक्ष्मिप्रशाद थारु र पछाडि सवार तुलसीपुर – २ का ३५ बर्षीय कबिराम चौधरी गम्भीर घाइते भएका छन् ।


उनीहरु सवार रा ४ प ४४१० नम्रबरको मोटरसाइकल तुलसीपुर – ८ चमिखोलमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।

मोटरसाइकल तुलसीपुरबाट पश्चिम तर्फ जाँदै थियो ।
दुर्घटनाका घाइते दुबै जनाको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज नरिसिंह होमका लागि रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरले बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *